प्रचण्डकी नातिनी स्मिता दाहालको गीत ‘हामी कम्युनिष्ट पार्टी’ सार्वजनिक (भिडियोसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ माघ २६, साेमबार  
 प्रचण्डकी नातिनी स्मिता दाहालको गीत ‘हामी कम्युनिष्ट पार्टी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

पछिल्लो समय संसद विघटन भएपछि विभाजित भएको नेकपा पार्टीको अन्तरद्धन्द बिच दिनँहु भएको आन्दोलन र विरोध सभालाई सम्बोधन गर्दै आएका प्रचण्डकी नातीनीले हजुरबुबा प्रचण्डको सर्मथनमा हामी कम्युनिष्ट पार्टी बोलको गीत सार्वजनिक गरेकी हुन् ।

नवीन खड्काको स्वर तथा शब्दमा रहेको हामी कम्युनिष्ट पार्टी गीतको लय भने तिलक वलीले दिएका छन् । स्वर स्मीता दाहाल र नवीन खड्काको रहेको छ । हिजो सार्वजनिक भएको गितको भिडियोमा पछिल्लो समय संसद विघटनलाई लिएर भइरहेको विरोध प्रदर्शनका झलकहरु देख्न पाइने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार