यस्तो देखियो ओली समूहको शक्ति प्रदर्शन (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ माघ २३, शुक्रबार  
 यस्तो देखियो ओली समूहको शक्ति प्रदर्शन (तस्वीर सहित)

काठमाडौँ । नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा हुँदैछ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने छन् ।

सो समूहले  ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी गाडि आमसभा गर्न लागेको हो ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार