images
images

विवेकशील साझाका अध्यक्ष र महासचिवसहित ९ जना पक्राउ

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित ९ जना पक्राउ परेका छन् ।

माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उपाध्यक्ष प्रकाशचन्द्र परियारका अनुसार  पक्राउ पर्नेमा केन्द्रीय सदस्य अजित खड्का, केन्द्रीय सदस्य सुरेन्द्र रानाभाट, नेताहरू सकिल अहमद, उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत रहेका छन् ।

पक्राउ परेका उनीहरु सबैलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।