images
images

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल गर्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो सोमवार केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

सत्ता समीकरण फेरबदलपछि सरकारमा सहभागी भएको रास्वपाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाएको हो।

पार्टी प्रवक्ता मुकुल ढकालले उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगलाई छाडेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि त्यसमा अहिले रास्वपा, जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको छ।