images
images

महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा यसरी हुदैछ ट्राफिक व्यवस्थापन

काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा आज राती देखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी  साधनलाई  डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ  । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:–
 चाबहिलबाट गौशालातर्फ ।आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:–
 पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।
 ज्ञानेश्‍वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
 द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग ।
 सिफल चौरबाट जय बागेश्वरीतर्फ ।
 लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
 गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
 तिलगंगाबाट गौशालातर्फ ।
 मालवाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
 जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाटतर्फ ।
 सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
 जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ ।

तर मालवाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरूका निजी सवारी साधनहरूलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने छ ।

मालवाहक सवारी साधनलाई गरिने डाइभर्सन

 कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने,
 कोटेश्वर तीनकुने हुदैं पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यवस्थापन गरिने ।
 महाराजगन्ज, चाबहिल हुदैं पशुपति वरपर जाने मालवाहक सवारी साधनहरू धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
 कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल  हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङको व्यवस्थापन गरिएका स्थानहरूपार्किङको व्यवस्थापन गरिएका स्थानहरू

 सिफल चौर (दर्शानार्थीहरुको)
 कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 तिलगंगाको खाली स्थान र करिडोरमा (तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरू)
 वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 गुह्येश्वरी पारी (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरू)

जनशक्ति परिचालनजनशक्ति परिचालन

 महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
 प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन ड्युटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
 यस बाहेक विशिष्ट व्यक्तिहरूको भ्रमण व्यवस्थापन र अन्य स्थानहरूको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ति परिचालन गरिने छ ।