images
images

सरकारको प्रवक्ताको जिम्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई

काठमाडौं– सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ। यसअघि पनि सरकारको प्रवक्‍ताको जिम्मेवारी शर्मालाई नै थियो।

बिहीबार बसेको पुनःगठित मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन्।

उनले भनिन्, ‘नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोक्ने। संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने।’