images
images

गैँडाकाेटकाे अक्सफाेर्ड कलेज: अब्बल र गुणस्तरीय शिक्षा दिएको मा दुबै कलेज र प्रिन्सीपल लाई अन्तराष्ट्रिय अवार्ड बाट सम्मान

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले  ‘‘PEAK OF SUCCESS 2023 ’’ अवार्ड प्राप्त गर्न सफल भएको छ । संसारभरका राम्रा र सफल कम्पनीहरुलाई अर्वाड प्रदान गर्ने अमेरिकन कम्पनी द कन्फिडेरेसन अफ बिजनेसले काजगस्थानकाे राजधानी आस्थानामा आयाेजित  एक भब्य कार्यक्रमका बीच कलेजका प्रिन्सीपल प्रा. ई. हरि भण्डारी लाई  साे अर्वाड प्रदान गरेकाे हाे ।

द कन्फिडेरेसन अफ बिजनेसका प्रेसीडेन्ट जेसीस माेर्गानले विभिन्न ५० राष्ट्रका  बिभिन्न व्यवसायिक स‌घंस‌गठनका प्रमुख एवंम् प्रतिनिधीहरुका माझ अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सीपल भण्डारी लाई प्रदान गर्नुभएकाे थियाे । साे अवसरमा अब्बल र गुणस्तरीय शैक्षिक संस्था बनाउन  सफल भएकाे भन्दै प्रिन्सीपल भण्डारीलाई WORLD LEADER BUSINESSPERSON र WORLD BUSINESS LEADER  गरि दुइवटा अवार्डले  सम्मान  गरिएकाे छ ।

त्यसैगरी सामुहिक बलबाट अब्बल नतिजा निकाल्न लागि मेहनत गरेकाे भन्दै कलेजका प्राध्यापकहरु  तिलकराम पन्थी, भिम प्रसाद भण्डारी,  दिपेन्द्र सिलवाल, प्रेमलाल शर्मालाई  समेत अवार्ड प्रदान गरिएकाे अक्सफाेर्ड कलेजले जनाएकाे छ । कलेजका प्रिन्सीपल प्रा. ई. हरि भण्डारीले भन्नुभयाे – ‘‘कलेज र कलेजका प्राध्यापकहरुलाई दिइएकाे  सम्मानले अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट उत्कृष्ट क्षमताको प्रयोग गरी चुस्त ब्यवस्थापन , सफल नेतृत्व र शैक्षिक गुणस्तर कायम गर्न सफल र सक्षम छ भन्ने कुरा प्रमाणित भएको छ ।’’

विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । गैँडाकोट २ मा रहेको यो कलेजमा बीसीए, विभिन्न विषयमा इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कम्युटर विज्ञान, बीबीए लगायतका विषयमा पढाइ हुँदै आएको छ ।