images
images

नेपालमा दुताबास खोले तर भिसा जारि गर्न दिल्ली पठाउने काम आपतिजनक : सांसद एकनाथ ढकाल

२०८० फाल्गुन १४ गते सोमवार। प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको खस्कदै गएको अन्तराष्ट्रिय सम्बन्धको बारेमा सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्नु भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले विश्वका १८१ मुलुक संग नेपालको द्विपक्षीय सम्बन्ध र ३० मित्र राष्ट्रमा नेपाली दुताबास हुदा पनि अन्तराष्ट्रिय सम्बध भने निरन्तर कम्जोर हुदै र बेवास्तामा पर्दै गएको प्रति चिन्ता ब्यक्त गर्नु भयो।

संघिय सांसद ढकालले सन् २००६ मा ७६ औं स्थानमा रहेको नेपाली पासपोर्ट २०२४ मा १०३ औं स्थानमा झर्नु गरिबी, बेरोजगार, भ्रस्टचार र सरकारको कमजोर कुटनीतिको कारण हो भन्दै नेपालमा शक्तिशाली मित्र राष्ट्रहरु वाट सरकार प्रमुखको भ्रमण नहुनुको कारण के हो भन्दै प्रधानमन्त्रीलाइ प्रश्न गर्नु भयो । केहि समय अघि भएको सयुक्त राष्ट्र संघका महासचिवको भ्रमण पनि योजनाबद्ध नभई आकस्मिक भएको सांसद ढकालको जिकिर थियो।
“के नेपाल सधै क्षेत्रीय राजनीतिको चपेटामा पिल्सीयर बस्ने हो ? ढकालले संसदमा प्रश्न गरे। सांसद ढकालले कतिपय मित्रराष्ट्रले काठमाडौँमा दुताबास हुँदापनि नेपालीलाइ भिसा आबेदन गर्न दिल्ली जानु पर्ने बाध्यता सृजना गर्नु आपतिजनक छ भन्दै यो बिषय देशको प्रतिष्ठा संग जोडिएकोले उच्च स्तरीय कार्यदल बनायर समाधान खोज्नु उचित हुने सुझाब दिए । “गठबन्धन सरकारको घैटोमा घाम लागोस, कुटनीतिमा पनि प्राथमिकता जाहोस” ढकालले भने ।