काठमाडौँ । अहिलेका चर्चित गायक प्रबिण बेडवाल तथा गायीका समिक्षा अधिकारी को सुमधुर आवाजमा सजिएको गीत ‘लाइदेउ माया’ करुणा कंडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुबच्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।
यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपानेले गरेका छन् ।गीतमा प्रखर अभिनयले खारिएका कलाकार दोय सागर लम्साल ‘बले’ र गरिमा शर्मा का साथै गीतकार गणेश उप्रेती को पनि जोडदार अभिनय रहेको छ भने यस म्युजिक भिडियोको निर्देशन र सम्पादन शक्ती प्रजोल घिमिरे गरेका छन् भने कथा तथा कोरियोग्राफअरमा प्रबिन थापा रहेका छन् ।
यस म्युजिक भिडियोको छायांकन नमराज घिमिरेले गरेका छन् । पहिलो पटक सागर लम्साल ‘बले’ र गरिमा शर्मा यस गीत मार्फत प्रेम जोडी को रुपमा देखा परेका छन् । निर्माण पक्षले गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास लिएको छ । यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको ‘लगन जुरेर’ गीत सार्वजनिक भइसकेको छ ।
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार
२०७७ फागुन १७, साेमबार