images
images

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त हुँदै

काठमाडौं  । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत डा जोशी वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन् ।

परिषदका सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो ।

नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रेहेका डा जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन् ।