images
images

कृषि क्रान्तिका लागी सिँचाइको व्यवस्था अनिवार्य : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि क्रान्तिको लागी सिँचाइको व्यवस्था अनिवार्य भएको बताएकी छन् ।

खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । मेयर दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाइको व्यवस्था हुनुपर्ने उल्लेख गरिन् ।

भरतपुरमा सिँचाइको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालीन र वैकल्पिक व्यवस्थाका लागि कामहरू अगाडि बढाइएको बताउँदै प्रमुख दाहालले अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले पर्याप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने बताइन् ।

कृषिमा जति नै आधुनिकीकरण, यान्त्रीकरण गरे पनि सिँचाई अनिवार्य हुनुपर्ने औँल्याइन् ।

नारायणी लिफ्ट सिँचाइको जीर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात् १२ महिना सिँचाइको व्यवस्था हुने प्रमुख दाहालले बताइन् ।

पश्चिम चितवनको सुख्खाग्रस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युबवेल जडान भई  २१ सय हेक्टरमा सिँचाइको सुविधा रहेको बताइन् ।