images
images

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छ : सांसद पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताउनुभयो । उहाँले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले माईतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताउनुभयो । उहाँले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताउनुभयो ।