images
images

गोरखामा प्रजिअ हेरफेर : नंया को आउदै?

गोरखाका प्रमुख जिल्ला अधिकारीको हेरफेर भएको छ । गृहमन्त्रालयले शुक्रबार सूचना जारी गरी गोरखामा बहाल रहेका प्रजिअ दिनेशसागर भुसाललाई पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

गृहमन्त्रालयमा सहसचिवका रुपमा कार्यरत भोला दाहाललाई गोरखाको प्रमुख जिल्लाका रुपमा पठाएको छ ।

यसका साथै गृह मन्त्रालयले माताहतका विभिन्न २५ जना सहसचिवहरुको सरुवा एवं पदस्थापन गरेको छ । त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका हुन् । यस्तै एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । बाँकी सबै प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रूपमा सरुवा तथा पदस्थापन भएका हुन् ।

वरिष्ठ अधिकारीहरूको सेवाअवधिको मापदण्डभित्र रही पदस्थापन गरेको गृहले जनाएको छ ।

कसको जिम्मेवारी कहाँ ?