सात वटा केवलकारसहित पर्यटकीय गन्तव्यको विकास गर्छौ : चन्द्र ढकाल

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २२, साेमबार  
सात वटा केवलकारसहित पर्यटकीय गन्तव्यको विकास गर्छौ : चन्द्र ढकाल

काठमाडौँ । उद्यमी तथा  चर्चित व्यवसायी चन्द्र ढकालले  पर्यटकीय क्षेत्रको विकास गर्न सातै प्रदेशको विभिन्न  स्थानमा सात वटा केबलकार राखिने बताएका छन् । व्यवसायसँगै ट्राभल एजेन्सी सञ्चालन गरेका ढकालले पर्यटन गन्तव्यको निर्माण गर्ने काम भने चन्द्रागिरी केवल कारबाट सुरु गरेका थिए ।

उनै ढकालले चन्द्रगिरीलाई घुम्न जानै पर्ने स्थानको रुपमा विकास गरे । मनकामना केवलकारले  पनि  धेरै पर्यटकको मन जितेको  थियो । चन्द्रागिरीमा केवलकार सञ्चालन भएपछि मानसिहरु त्यता पनि जान थालेका छन् ।  अहिले विदेशी भिआईपी समेत चन्द्रागिरी पुग्ने  वातावरण बनेको छ ।

गैंडाकोट, पोखराको सिकलेस, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको गन्तव्य बनाउने योजनामा उनी अघि बढेका छन्। सुदूरपश्चिम र दुई नम्बर प्रदेशमा ठाउँ निश्चित भएको छैन।

त्यस्तै पोखरा, बुटवलमा उनको प्रारम्भिक प्रक्रिया सकिएको छ, अरू ठाउँमा गन्तव्य छानिइसकेको छ, कागजी काम हुँदै छ। ढकालले भने, ‘अबको पाँच वर्षपछि काठमाडौंबाहिर नै आधा दर्जन बढी पर्यटकीय गन्तव्य विस्तार गरिनसक्ने योजनामा हामी दृढ छौं ।’  

यसरी बन्ने प्रत्येक गन्तव्यमा चन्द्रागिरीका जस्तै पूर्वाधार हुनेछन्। केबलकार, होटल, रेष्टुरा, हल तथा अन्य मनोरञ्जन हुने गतिविधि हुने छन्। काठमाडौं बाहिरका प्रत्येकको परियोजनामा एक अर्ब लगानी हुने छ। ‘ठाउँ तथा आवश्यकता हेरी कम बेसी होला,’ उनले भने। काठमाडौंको चन्द्रागिरी भने ५ अर्ब लगातमा बनेको हो।

नयाँ पर्यटकीय गन्तव्य स्थापना गर्ने योजनाले तत्काल प्रतिफल नदिने र यस्ता योजना दीर्घकालीन प्रकृतिका हुने ढकाल बताउँछन्। ढकाललाई देशभर व्यावसायिक नेटवर्क बलियो र राम्रो भएको व्यक्तिमा रूपमा लिइन्छ। यतिमात्र होइन उनको आम जनतामा जोडिने अर्को व्यवसाय पनि छ( डिसहोम। ढकाल डिसहोमका प्रवर्द्धकमध्येका हुन्।   

यी सबै व्यवसायमा ढकालका भाइ हेमराज ढकालको पनि उत्तिकै साथ छ। उनी अहिले डिसहोम हेर्छन्।पछिल्लो पटक केबलकारसहित पर्यटन गन्तव्य निर्माणमा उनले ल्याएको आक्रामक योजना सफल भए उनको उनी पर्यटन व्यवसायका पनि हस्तीको रूपमा स्थापित हुनेछन्।

सरकार आफैंले देशभर गन्तव्य विकास गर्ने भनेर लगानी गरिरहेको छ। ढकाल यस्तोमा सामुदायिक लगानी गरेर सरकारी योजनालाई पनि साथ पुग्ने विश्वास गरेका छन् । 

 
 


 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार