निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क पाउँछन् : शिक्षामन्त्री पोखरेल

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै २२, साेमबार  
निजी विद्यालयले अनलाइन कक्षा चलाएबापत शुल्क पाउँछन् : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइन कक्षा सञचालन गरेबापत शुल्क लिन पाउने बताएका छन् ।

शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् । ‘निजी विद्यालयले शुल्क लिन पाउँछन्,’ उनले भने, ‘शुल्कका विषयमा स्थानीय तहले निर्णय गर्नुपर्छ । निजीमा कार्यरत शिक्षक र कर्मचारीको ध्यान दिनुपर्नेछ ।’

मन्त्री पोखरेलले स्कुल तहको संश्लेषित पाठ्यक्रम तयार भइरहेकाले विद्यालयलाई भदौभित्र उपलब्ध गराइने बताए । ‘विषय समितिले न्यूनतम ७० प्रतिशतसम्म पाठ्यक्रम समायोजन गर्ने गरी काम गरिरहेको छ,’ उनले भने, ‘भदौभित्र विद्यालयलाई उपलब्ध गराउँछौँ ।’
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार