मधु क्षेत्रीको  ‘सोचे झैँ जिन्दगि रैनछ’ गीत करोडको क्लबमा

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै १७, बुधबार  
मधु क्षेत्रीको  ‘सोचे झैँ जिन्दगि रैनछ’ गीत करोडको क्लबमा

काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेको  ‘सोचे झैँ जिन्दगि रैनछ’ गीत करोडको क्लबमा पुगेको छ ।

गायिका मधु क्षेत्री र गायक खेम सेञ्चुरीको स्वरमा रहेको उक्त गीतलाई दर्शक स्रोताले निकै मन पराएका छन् । टिकटकमा समेत ‘सोचे झैँ जिन्दगि रैनछ’ हिट बनेको छ । युट्युबमा ‘सोचे झैँ जिन्दगि रैनछ’ले आधिपत्य जमाइरहेको छ भने  युट्युबमा यो गीतले एक करोडभन्दा धेरै भ्यू कमाएको छ ।

नेत्र अर्यालको शब्द रहेको गीतका संगीतकार सेञ्चुरी हुन् । गायिका मधु क्षेत्रीले ‘सोचे झैँ जिन्दगि रैनछ’बाट दर्शक स्रोताले दिएको मायाप्रति आभार व्यक्त गरेकी छिन् । उनले गीतको सम्पूर्ण टिमको मेहनको फल भएको बताइन् ।

‘सोचे झैँ जिन्दगि रैनछ’को म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमस शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । काठमाडौंकै धर्मस्थली गाउँमा छायांकन भएको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार