राजस्व छली गरेको आरोपमा तीन कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दर्ता

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज २, बिहीबार  
राजस्व छली गरेको आरोपमा तीन कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा तीन व्यवसायी कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दर्ता गराएको छ ।  मुद्दा दर्ता भएका कम्पनीहरुबाट करिब ३६ करोड २४ लाख बिगो कायम हुने गरेर सजायको माग गर्दै मुद्दा दर्ता गराएको हो ।

जसमा काठमाडौँको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठ, काठमाडौँको बत्तीसपुतलीस्थित रुक्मिणि इण्डस्ट्रिज प्रालिका सञ्चालक, कपिलवस्तुको कृष्ण ट्रेडिङ सप्लायर्सका सञ्चालक तथा सहयोगीविरुद्ध झुटा तथा नक्कली बिजक बिक्री गरेको आरोपमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

विभागले हार्डवयरसँग २२ करोड २६ लाख ९ सय बिगो कायम माग दाबी गरेको छ । त्यस्तै रुक्मिणि इण्डस्ट्रविरुद्ध १२ करोड ४६ लाख बिगो कायम गरी बारा जिल्ला अदालतमा र कृष्ण ट्रेडिङ सप्लायर्सविरुद्ध  एक करोड ५२ लाखको बिगो कायमको माग दाबीसहित कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताइएको  छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर