‘देशमा अध्यारो ल्याउने धेरै छन्, उज्यालो ल्याउनेलाई सहयोग गर्नुपर्छ’ भन्दै कुलमानको समर्थनमा उत्रिए कलाकार

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै १२, शुक्रबार  
‘देशमा अध्यारो ल्याउने धेरै छन्, उज्यालो ल्याउनेलाई सहयोग गर्नुपर्छ’ भन्दै कुलमानको समर्थनमा उत्रिए कलाकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदै  लाग्दा सम्पूर्ण नेपाली कुलमानलाई पुन सोही पदमा निरन्तरता दिन माग उठाइरहेका छन् ।  उनको सपार्टमा सर्वसाधारणदेखि लिएर बुद्धिजिवी कलाकार समेत निरन्तरताको माग गरिरहेका छन् । 

दैनिक १८ १८ घण्टाको लाडसेडिङको मार  खेपेर आएका नेपाली जनता  कुलमानको कार्यकाल सकिनै लाग्दा फेर पनि त्यही अध्यारोमा दिन बिताउनुपर्ने होकी भन्नेमा चिन्तित हुँदै सम्पूर्ण नेपाली उनको समर्थनमा उत्रिएका हुन् । 

यसैबिच नेपाली कला क्षेत्रमा रहेर निकै महत्वपूर्ण योग्दान दिइरहेका कलाकाहरु पनि कुलमानको पक्षमा रहेका छन् । सोही क्रममा दुई वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचर्यले पनि उनलाई पुनः सोही पद दिइनु पर्ने बताउँदै सामाजिक सञ्जाल फेसबुकमाफर्त स्टाटस लेखेका छन् ।

वरिष्ठ हास्य कलाकार श्रेष्ठले बिहिबार सामाजिक संजाल फेसबुकमा लेख्छन्, ‘कुलमान घिसिङ ‘जस्को नाम सुन्दा पनि मन उज्यालो हुन्छ । आफ्नो निःस्वार्थ, इमान्दार र सही निर्णयले रातलाई दिन बनाएर देखाउन सफल एक उदाहरणीय देशभक्त व्यक्तिको नाम हो । ‘कुलमान घिसिङ’ हाम्रा लागि त रोल मोडेल हुन् । उहाँको कार्यअवधि थपिनुपर्छ भन्ने विषयमा आम नेपालीको एउटै मत छ । आम नेपालीको मतलाई बेवास्ता नगरियोस् ।’

यस अगाडी वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि कुलमानलाई सबैले सम्मान गर्नु पर्ने बताएका थिए। उनले लेखेका छन्, ‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ।’

 
 

 

 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार