आज विश्वकर्मा पुजा, हातहतियार र औजारहरुको पुजा  गरेर मनाइँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असाेज १, बुधबार  
आज विश्वकर्मा पुजा, हातहतियार र औजारहरुको पुजा  गरेर मनाइँदै

काठमाडौँ । आज विश्वकर्मा पुजा आफुले दैनिक रुपमा प्रयोग  गर्ने विभिन्न प्रकारका फलामे हात हतियार र औजारहरुको पुजा आरधना गरेर मनाइँदै छ ।

दैनिक काम गर्ने कलकारखाना रंगीचंगी पारेर औजारहरुको पुजा गर्नाले लामो समय टिक्ने जनविश्वास रहेको छ । किंवदन्ती अनुसार द्धापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेद द्धारका बनाई दुकाएको धार्मिक विश्वास रहेको छ ।

भगवान कृष्णले एकै रातमा भेद द्धार निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्को रुपमा पूजाआरधना गरेर विश्वकर्मा दिवस मनाउने परम्परा रही आएको हो ।

आज मजदूरहरुले अफलामे औजार कलकारखाना, यातायात लगायतका सामाग्रीहरुको ध्वजापाताले कलकारखााना रंगीन बनाएर विश्वकर्माको मूर्ती वा तस्वीरको पूजा गर्ने प्रसाद चढाउने गर्छन् । आजको दिनलाई विज्ञान दिवस भनेर पनि भन्ने गरिन्छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर