मनमोहन प्राविधिक विश्व विद्यालयसम्बन्धी विधयकप्रति प्रतिपक्षदल कांग्रेसकाको असन्तुष्ट

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३१, मङ्गलबार  
मनमोहन प्राविधिक विश्व विद्यालयसम्बन्धी विधयकप्रति प्रतिपक्षदल कांग्रेसकाको असन्तुष्ट

काठमाडौँ । प्रदेश सरकारले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक प्रति असन्तुष्ट व्यक्त गरेको छ ।

प्रदेश सभाको बैठकमा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन र मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियो । प्रतिपक्षले कार्यसूचीबाट मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयकको समितिको प्रतिवेदन हटाउनु पर्ने माग गर्दै प्रदेश १ सभा नै अवरुद्ध गरेका छन् ।

पटक पटक सभा अबरुद्ध भएपछि बैठक असोज १ गते दिउँसो १ बजे बस्ने गरेर सारिएको छ । प्रदेश सभाको बैठक सुरु हुना साथ नेपाली कांग्रेसका सांसदहरुले उभिएर अवरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएकोमा दोस्रो बैठक पनि पुनः उभिएको अवरोध भएपछि प्रदेश सभा बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित  गरिएको हो । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर