मेयर रेणुको ज्ञानेन्द्र शाहीलाई चुनौती, ‘हाम्रो विरुद्ध चोक चोकमा कराउने हैन् अदालतमा गएर मुद्दा हाल्नुस्’

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३१, मङ्गलबार  
मेयर रेणुको ज्ञानेन्द्र शाहीलाई चुनौती, ‘हाम्रो विरुद्ध चोक चोकमा कराउने हैन् अदालतमा गएर मुद्दा हाल्नुस्’

काठमडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले  आफुलाई भ्रष्टचार विरोधि र सामाजिक अभियान्ता भन्न रुचाउने ज्ञानेन्द्र शाहीलाई कडा चुनौती दिएकी छन् ।

चोक चोकमा आफुहरुको विरोध गरेर कराउने ज्ञानेन्द्र शाहीले भ्रष्टचार गरेको प्रमाणित गरे जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको बताएकी छन् ।

उनले मैमत्त साँढे जस्तो बनेर चोक चोकमा कराउनु भन्दा अदालतमा  गएर मुद्दा हाल्न चुनौती दिएकी हुन् । उनले भनिन्, लोकतन्त्र गणतन्त्र भनेर हामीले छाडा तन्त्र ल्याएका हौँ । जसलाई जे भने पनि हुन्छ  ?

उनले शाहीलाई भनिन्, म च्यालेन्ज गर्छु रेनुले भ्रष्टचार गरेको छ भनेर प्रमाण सहित मुद्दा हाल्नुहोस् त्यसको सजाय अदालतले गर्छ । अरुको बद्नाम गरेर चोक चोकमा कुर्लिन पाइँदैन् । 

अब भरतपुर महानगरपालिका भित्र आएर विभिन्न गाली गलौज गरेर तथानाम बोलेमा ज्ञानेन्द्र शाही जस्ता व्यक्तिलाई कारबाही गर्न महानगरपालिका पछि नहट्ने उनको भनाइ छ । 

केन्द्र र सरकारलाई जथाभावी मन परि बोल्दै हिड्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरेकी छन् । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर