पाँचौँ गैरा कप खुल्ला फुटबल प्रतियोगित हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३१, मङ्गलबार  
पाँचौँ गैरा कप खुल्ला फुटबल प्रतियोगित हुने

काठमाडौँ । पाँचौँ गैरा कप खुल्ला फुटबल प्रतियोगिता यहि अशोज १३ गते हुने भएको छ । नेपालीहरुको महान चाड विजया दशमीको पावन आवसरमा सिरानचोक गाउँपालिका ६ गोरखाले गैरा गाउँ खेल मैदानमा फुटबल प्रतियोगिता गर्ने भएको हो ।

‘एकता, विकास, सक्रियता, पाँचौ खुला फुटबल प्रतियोगिता’ भन्ने मुल नाराको साथ श्री हिमाली तमु युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।  क्लबले २०७१ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गराउँदै आएको छ ।

आकर्षक पुरस्कारको व्यवस्था सँगै क्लबले फुटबल प्रतियोगिता गर्न लागेको छ । जसमा प्रथम पुरस्कार ५० हजार कप, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २५ हजार मेडल र प्रमाण पत्र, सान्तवना पुरस्कार १० हजार मेडल र प्रमाणपत्र  (दुई टिमलाई) उत्कृष्ट खेलाडीलाई ट्रफि, प्रमणपत्र, उत्कृष्ट गोल स्कोरलाई ट्रफि र प्रमाण पत्र दिइने व्यवस्था रहेको छ ।

त्यसको लागि आवेदन भर्ने अन्तिम मिति २०७६ असोज १३ गते १२ बजे सम्म रहेको छ भने आवेदन शुल्क ५ हजार ५ सय रहेको  । टिममा १० जना खेलाडी रहनुपर्ने छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर