प्रधानमन्त्रीले उद्घाटन गरेको स्याउ कम्पनी,  जसले पुर्याउँछ नेपालको प्रमुख बजारमा स्याउ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३१, मङ्गलबार  
प्रधानमन्त्रीले उद्घाटन गरेको स्याउ कम्पनी,  जसले पुर्याउँछ नेपालको प्रमुख बजारमा स्याउ

काठमाडौँ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको नेपालकै ठूलो मनाङ एग्रो कम्पनीले अहिले नेपालका प्रमुख बजारमा स्याउ निर्यात गर्न थालेको छ ।

स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङ मा यतिबेला स्याउ टिप्ने बेला धमाधम सुरु भएको छ ।  मनाङको लागि यो स्याउ टिप्ने समय हो ।मनाङमा यतिबेला स्याउको रङ र स्वाद  स्वाद परिक्षण गरेर स्याउ टिप्ने काम सुरु भएको मनाङ एग्रोका अध्यक्ष समराज गुरुङले बताएका छन् । 

एग्रोले स्थानिय ५०  जना भन्दा बढी व्यक्तिलाई रोजगार दिएको छ । स्याउबाट बन्ने जुस, चाना, जस्ता विभिन्न परिकार बनाउन एग्रोका कामदारहरुर्ला भ्याइ नभ्याइ हुने गरेको छ । कम्पनीले स्याउनको वाइन पनि बनाउने भएको छ  । ७३५ रोपनी क्षेत्रफलमा रहेको एग्रोले ४५० रोपनी जग्गामा स्याउ उत्पादन गर्दै आएको छ ।

गत वर्ष ३५० टन स्याउ उत्पादन भएको भएपनि यो वर्ष भने उत्पानमा केही मात्रा बढेर ४५० टन हुन सक्ने अध्यक्ष गुरुङको भनाइ छ । गुरुङको भनाइ अनुसार अब मनाङको स्याउ नेपालमा मात्रै नभएर  विदेशमा समेत निर्यात हुनेछ ।

तीन जातको स्याउको विरुवा लगाएर सुरु गरिएको स्याउ खेतीले बर्षेनी करोडौँ आम्दानी हुने गरेको छ । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको फार्ममा गाला, फुजी र गोल्डेन गरी तीन जातका स्याउ रहेका छन् । सो कम्पनीको गत वर्ष  प्रधानमन्त्री केपी शर्मा ओली  उद्घाटना गरेका  थिए । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर