माछापोखरीबाट दुई थान पेस्तोल  र २ थान म्यागजिनसहित दुई जना पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७७ भदाै ४, बिहीबार  
माछापोखरीबाट दुई थान पेस्तोल  र २ थान म्यागजिनसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट मेड इन युएस लेखेको २ थान पेस्तोल, २ थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने १० राउन्ड गोलीसहित नुवाकोट शिखरबेसी–६ बस्ने २७ वर्षीय विकेश पण्डित पक्राउ परेका छन् ।

काठमाडौं अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पण्डितसँगको प्रारम्भिक सोधपुछका क्रममा पेस्तोल ओसारपोसार गराउन लगाउने नुवाकोट लिपु गाउँपालिका–१ का २८ वर्षीय अमर तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ ।

प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा तामाङलाई नुवाकोटस्थित घरबाटै पक्राउ गरी काठमाडौं टेकुस्थित अपराध महाशाखा ल्याएर अनुसन्धान थालेको छ । तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत फागुनमा छुटेका व्यक्ति भएको प्रहरीले बताएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय प्रहरी प्रवक्ता होविन्द बोगटीले बताए ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार