गायक राजेश पायल राईको घरमा आगलागी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३१, मङ्गलबार  
गायक राजेश पायल राईको घरमा आगलागी

काठमाडौँ । नेपाली गायन क्षेत्रका प्रख्यात गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।

काठमाडौँको बानेश्वर स्थित  रहेको घरमा आगलागी भएको हो ।  आगलागीबाट के कति क्षति भयो भन्ने बारे एकिन भएको छैन् ।

यद्यपी राजेश पायलले गायन क्षेत्रबाट पाएको विशेष महत्वपूर्ण अवार्ड  तथा प्रमाण पत्रहरु जलेर नष्ट भएका छन् । आर्थिक रुपमा मूल्यांकन गर्न नसकिने दर्सक तथा स्रोताले दिएको सम्मान र कदर पत्रहरु सम्पूर्ण जलेर नष्ट भएको बताएको छ ।

आगलागीबाट सबैभन्दा बढी राईको विभिन्न अवार्डहरु सजाएर राखेको कोठामा नै क्षति भएको र अन्य ठाउँमा केही नभएको बताइएको छ । बिजुलीको तर सट भएको कारण उनको घरमा आगलागी भएको अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर