नेपालगञ्ज घटनाबारे बुद्ध एयरको स्पष्टीकरण, विमानमा हो हल्ला गर्ने यात्रु समायोजन गरेर उडान भर्दा थप समय लाग्यो 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३०, साेमबार  
नेपालगञ्ज घटनाबारे बुद्ध एयरको स्पष्टीकरण, विमानमा हो हल्ला गर्ने यात्रु समायोजन गरेर उडान भर्दा थप समय लाग्यो 

काठमाडौँ । शनिबार नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा संकृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईको कारण विमान ढिलो भएको भनि गरिएको विवादको विषयमा बुद्ध एयरले आफ्नो धारणा  सार्वजनिक गरेको छ ।

मन्त्री भट्टराईको कारण २५ मिनेट ढिलो भएको र विमानमा हल्ला गर्ने यात्रुहरुको कारण थप केही समय ढिलो भएको बताइएको छ । ६ः२५ को सट्ट ६ः४० मा उड्नुपर्ने विमान रिभाइज्ड समय अनुसार २४ मिनेट ढिलो हुँदा  ७ः०४ मा नेपालगञ्जबाट उडेको जनाइएको छ।

६ः४० मा १४/१५ जना यात्रु विमानबाट बाहिर निस्किएर कर्मचारीसँग विवाद गरेको, मन्त्री भट्टराई ६ः५० मा विमानभित्र चढेका र उनीसँगै बाहिर हल्ला गर्ने यात्रुहरु भित्र पसेर थप ४/५ मिनेट विवाद गरेको जनाएको छ।

विमानमा एकै ठाउँमा धेरै जना बस्दा विमान ढल्किएको  कारण सो अवस्थालाई मिलाएर विमान भर्दा थप समय  लागेको बुद्ध एयरले स्पष्टीकरण दिएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर