प्रतिपक्ष दल कांग्रेसद्धारा प्रतिनिधि सभाको बैठकमा नाराबाजी, अशोज १ गते बस्ने गरेर बैठक स्थिगित

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३०, साेमबार  
प्रतिपक्ष दल कांग्रेसद्धारा प्रतिनिधि सभाको बैठकमा नाराबाजी, अशोज १ गते बस्ने गरेर बैठक स्थिगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा  प्रतिपक्ष दल नेपाली कांग्रसले बैठक अबरुद्ध गर्दै नाराबाजी गरेका छन् । कांग्रेस सांसद पुष्पा भुषालले बाँके घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने भन्दै बैठकको सुरुमा नै बोलेकी थिइन् ।

उनले बोलिसकेपछि सोही घटनालाई लिएर सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद नन्दलाल रोकायले  घटनामा नेकपा कार्यकर्ताको संलग्नता नरहेको र उजुरी परे आफुहरु पनि आन्दोलनमा उत्रने बताएका थिए ।

त्यसपछि रोकायाको भनाइ सकिन नपाउँदै प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले सिटबाट उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेका छन् । सोही घटनालाई लिएर आइतबार पनि कांग्रेसले संसद अबरुद्ध गरेको थियो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर