‘प्रदेशी छोरो’ लिएर आए गायक भिमराज (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३०, साेमबार  
‘प्रदेशी छोरो’   लिएर आए गायक भिमराज (भिडियो सहित)

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ नजिकिदै गर्दा लोक तथा दोहोरी गायक भिमराज वि.क. ले निकै मार्मिक गीत ‘प्रदेशी छोरो’  सार्वजनिक गरेका छन् ।

चाडबाड नजिएसँगै प्रदेशमा रहेका आफ्नो सन्तानको बाटो कुरिरहेकी आमा र  प्यारीको सम्झना गर्दै तयार गरिएको मर्मस्पशी गीतलाई सर्जक समिर लुहारले सिर्जना गरेका हुन् । उक्त गीतलाई सुमधुर स्वरका धनि तथा संगीतकार भीमराज वि क र गीता देवीले स्वर भरेका छन् ।

गीतको संगीत उनै भीमराजले गरेका हुन् । परिवारलाई खुसी दिनकै लागि सात समुन्द्र  पारि पुगेर रगत र परिसनासँग पैसा साटिरहेका पर्देशीको भावनालाई  स्मरण गराउने उक्त गीतको म्युजिक भिडियोमा सन्तोष सतशंखर , इन्द्र श्रेष्ठ, माया उपरकोटी, दिया तामाङ र रमा थपलियाले अभिनय गरेका छन् ।

गोपाल थापाको निर्देशनमा तयार पारिएका म्युजिक भिडियोलाई विपिन चौलागाँईले छायाँकन गरेका हुन भने नहकुल खड्काको सम्पादन रहेको छ ।

सांगीतिक क्षेत्रमा आफुलाई अब्बल तुल्याउन सफल भएका भीमराजको दशै गीत ‘प्रदेशी छोरो’ सार्वजनिक भएको छोटो समयमा नै दर्शक र स्रोताको तर्फबाट निकै राम्रो सल्लाह सुझाव बटुल्न सफल भएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर