मन्त्री भट्टराईलाई अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाही  हिरासत मुक्त

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३०, साेमबार  
मन्त्री भट्टराईलाई अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाही  हिरासत मुक्त

काठमाडौँ । आफुलाई भ्रष्टचार बिरोधी भनेर चिनाउने ज्ञानेन्द्र शाही हिरासत मुक्त भएका छन् ।

नेपालगञ्ज विमानस्थलमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले एक घण्टा जहाज रोकेर राखेको भन्दै आक्रोशित भएर मन्त्रीलाई अभद्र व्यवहार गर्दै गाली गलौज गरेका थिए । 

सोही विषयमा आइतबार पत्रकार सम्मेलन गरेका शाही माथि नै हातपात भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

आइतबार ललितपुर प्रहरीले हिरासतमा पुगेका शाही सोमबार नै  हिरासत मुक्त भएको ललितपुर प्रहरी परिसरकी एसपी दुर्गा सिंहले जानकारी दिएकी छन् । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर