शान्ति पुनस्थापना गृह को २६ औं साधारण सभा तथा २५ औँ रजत महोत्सव सम्पन्न

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै ३०, साेमबार  
शान्ति पुनस्थापना गृह को २६ औं साधारण सभा तथा २५ औँ रजत महोत्सव सम्पन्न

काठमाडौँ । शान्ति पुनस्थापना गृह को २६ औं साधारण सभा तथा २५ औं रजत महोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।

गोदावरी नगर पालिकाका प्रमुख गजेन्द्र महर्जन को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा गोदावारी नगर नगरपालिकाकि उपप्रमुख मुना अधिकारी,मानव बेचबिखन विरुद्ध कृयाशिल  (ABC) नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरे, महानगरीय परिसरकी उपप्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह चन्द र जन अधिकार संरक्षण मञ्चका निर्देशक सतिस कुमार शर्मा रहेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य र वार्षिक प्रतिबेदन संस्थाका सचिव इन्द्र राज भट्टराईले प्रतुतिकरण गरेका थिए ।  कार्यक्रममा अर्जुन ढकाल, सतिस शर्मा, दुर्गा सिंह चन्द,दुर्गा घिमिरे,गोदावरी नगरपालिकाको उपप्रमुख मुना अधिकारीले शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिले शान्ति पुनस्र्थापना गृहसँग सहकार्य गरि कामगर्ने प्रतिबद्धता समेत जाहेर गरेकी थिइन् । 

यस संस्थाका अध्यक्ष ज्यूले मानव बेचबिखन जस्तो मानवता विरोधि अभ्यासको अन्त्यका लागि शान्ति पुनस्र्थापना गृह स्थापना कालदेखि नै विभिन्न क्रियाकलाप मार्फत क्रियाशिल रहेका जानकारी दिइन् । विगत २५ वर्षको इतिहासलाई हेर्दा यस संस्थाले मानव बेचबिखनमा परी विभिन्न खाले जोखिममा रहेका महिला तथा बालिकाहरुको उद्धार, परामर्श, सहयोग तथा पुनस्र्थापना गर्ने कार्य गर्दै आएको छ ।

गतवर्ष २०७५/०७६ मा यस संस्थाले जम्मा ५८९९ महिला तथा बालकालिकाहरुलाई मानव बेचबिखनतथा सुरक्षित आप्रावासन बारेमा जानकारी प्रदान गरेको छ । त्यस्तै ३२२ महिला तथा बालिकाहरु मानव बेचबिखनको जोखिमबाट उद्धार गरी सम्बन्धित परिवारमा पुनस्र्थापना गरिएको छ । उक्त अवधिमा नेपाल प्रहरी मार्फत ८ वटा मुद्दा दर्ता भएको र उक्त मुद्दाहरु अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

कार्यक्रममा (ABC) नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरेलाई विशेष सम्मान,भारतबाट प्रकाशितहुने राष्ट्रिय शाहरा दैनिकका ब्यूरो चिफ अजय प्रताप गुप्ता र मानव बेचबिखन विरुद्ध लामो समय देखि कलमचलाउने कपिल वस्तुकापत्रकार सिताराम चौधरी,उत्कृष्ट कर्मचारी दिपक के.सी., सुनिता के.सी. र लक्ष्मीचौधरी लाई सम्मनगरिएको थियो । उक्त समारोह को कार्यक्रम कमला पन्थीले सन्चालन गरेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर