निषेधाज्ञापछि यस्तो देखियो भरतपुर महानगरपालिका (तस्वीरसहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन ३१, शनिबार  
निषेधाज्ञापछि यस्तो देखियो भरतपुर महानगरपालिका (तस्वीरसहित)

काठमाडौँ । निषेधाज्ञापछि भरतपुर महानगरपालिकाको जनजिवन ठप्प भएको छ ।  लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या  बढेको कारण महानगरपालिकाले शुक्रबार राती १२ बजेदेखि भदौ ५ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

भरतपुर महानगरपालिकामा अत्याश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ  भने उद्योग, कलकारखाना, बजार र यातायात न्यून चलेका छन् । राजमार्गमा भर अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् ।

अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार