पेट पाल्नकै लागि सडकमा गीत गाउने रानु मण्डलको पहिलो गीत ‘तेरी मेरी कहानी’ सार्वजनिक (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
पेट पाल्नकै लागि सडकमा गीत गाउने रानु मण्डलको पहिलो गीत ‘तेरी मेरी कहानी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ ।  दैनिकी गुर्जानकै लागि रेल्वे स्टेसनमा गीत गाउँदै भिख मागेर जीविकोपार्जन गर्दै आएकी रानु मन्डलको पहिलो गीत  ‘तेरी मेरी कहानी’ सार्वजनिक भएको छ ।

फिल्म  ‘ह्याप्पी हार्डी एण्ड हीर’ मा समावेश उक्त गीतका गायक तथा संगीतकार हिमेश रेशमिया र उनै भाइरल गायिका रानु मण्डल रहेकी छन् । रेल्वेस्टेशनबाट सुरु भएको रानुको जादुमय आवाजलाई बलिउडका निकै चर्चित गायक तथा संगीतकार हिमेशले आफ्नो फिल्मको लागि गीत गाउनको लागि दिएको पहिलो अवसर हो ।

रेल्वेस्टेशनबाट सुरु भएको रेनुको त्यो आवाज स्टुडियोसम्म पुगको गीत सुन्न आतुर दर्शकहरुको इच्छा रानुले पुरा गरेकी छन् । साब्बिर अमेदको शब्दमा रहेको निकै मनछुने गीतमा रानु र हिमेशको जादुमय आवाजले दर्शको मन जित्न सफल बनेको छ । उक्त गीत सार्वजनिक भएको केही समय नबित्दै राम्रो भिओर्स कमाउन सफल भएको छ भने उत्तिकै राम्रो प्रतिक्रिया पनि पाएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार