रिक्त एक सचिवको लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस, बढुवामा राईको सम्भावना धेरै

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १७, शनिबार  
रिक्त एक सचिवको लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस, बढुवामा राईको सम्भावना धेरै

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव ( विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीर बहादुर राईको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ । प्रशासन सिंहदरवार ब्युरो स्रोतकाअनुशार वीर बहादुर राई सचिवमा बढुवा हुनेछन् ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार