काठमाडौँ उपत्यकामा ६ संक्रमित थपिए

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १७, शनिबार  
काठमाडौँ उपत्यकामा ६ संक्रमित थपिए

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएको बताए।

आज थपिएका संक्रमितमा काठमाडौँका ५ र भक्तपुरका १ जना रहेका छन्। योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ९९३ को पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनामुक्त भएर ९३ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १४ हजार ४९२ रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार