थप ३१५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २० हजार नाघ्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १७, शनिबार  
 थप ३१५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २० हजार नाघ्यो

काठमाडौँ । आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ ।

आजसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार