ब्राजिलमा २४ घण्टामा ५२ हजारभन्दा बढी सङ्क्रमित

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १७, शनिबार  
ब्राजिलमा २४ घण्टामा ५२ हजारभन्दा बढी सङ्क्रमित

एजेन्सी । ब्राजिलमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ब्राजिलमा २४ घण्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

योसँगै यहाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरुले जनाएअनुसार यहाँ सङ्क्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ ।

गएको २४ घन्टामा यहाँ १ हजार २१२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । शुक्रबार दिइएको जानकारीअनुसार यहाँका ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।     

यहाँका ९२ हजार ५६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर यहाँ पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ । गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो ।

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।   यसै कारणले पनि यहाँ ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ ।

ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् । यहाँको स्वास्थ्य मन्त्रालयलका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।      
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार