स्रोत नखुलेको साँढे १४ लाखसहित प्रमुख प्रशासकिय अधिकृत पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १७, शनिबार  
स्रोत नखुलेको साँढे १४ लाखसहित प्रमुख प्रशासकिय अधिकृत पक्राउ

काठमाडौँ । स्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित दाङको तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन्।

उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिँडेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई शुक्रबार नागढुंगाबाट पक्राउ गरेको हो।

उपाध्याय चढेको बा २ झ ४०९९ नम्बरको सरकारी गाडीलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङामा रोकी चेकजाँच गर्दा उनको साथबाट १ लाख २४ हजार ७ सय ५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटको १३ लाख २४ हजार ४६ रुपैयाँको रसिदहरू गरी १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसनधान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार