चिनियाँ टिकटक एप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १७, शनिबार  
चिनियाँ टिकटक एप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौँ । अमेरिकाले चिनियाँ मोबाइल एप टिकटक एप प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे आज आदेशमा हस्ताक्षर गर्नेछन् ।

ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, ‘जहाँसम्म टिकटिकको प्रश्न छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै छौं।’

यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्ने विचार गरिरहेको उनले बताए। भने, ‘मलाई यसको अधिकार छ, म यसबारे शनिबार हस्ताक्षर गर्दैछु।’ 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार