गण्डकी प्रदेशका ११ जिल्लमध्ये भ्रष्टचार हुनेमा कास्की पहिलो नम्बरमा 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार  
गण्डकी प्रदेशका ११ जिल्लमध्ये भ्रष्टचार हुनेमा कास्की पहिलो नम्बरमा 

काठमाडौँ । आर्थिक वर्ष २०७५ र ०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै भ्रष्टार हुने जिल्लामा कास्की पहिलो स्थानमा परेको छ ।

बढी भ्रष्टचार हुने जिल्लाको सूचीमा कास्की पहिलो नम्बरमा परेको छ भने छिमेकी जिल्ला पर्वत दोस्रो नम्बरमा तेस्रोमा तनहुँ, चौथोमा स्याङ्जा र पाँचौमा बागलुङ जिल्ला परेको छ । बागलुङमा मात्रै भ्रष्टचारको ४९ उजुरी दर्ता भएका छन् ।

जसमध्ये २६ मुद्दा फछ्रयौट भएसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । बागलुङपछि लमजुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर र मनाङ छन् ।

जिल्लामा भ्रष्टचारजन्य गतिविधि भएको भन्दै स्थानीय सरकार भौतिक पुर्वाधार, विद्यालय, नदीजन्य वस्तुको निकासी, जथाभावी दोहन, घर नक्सा तथा बाटो विनासको काम भुक्तानी गर्ने घर नक्सा तथा बाटो जस्ता थुप्रै विषयमा अनियमितता भएको भन्दै कार्यालयमा उजुरी परेका छन् । 

त्यस्तै सामाजिक सुरक्षा भत्ता, राजस्व छली, बैंक दाखिला, योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने लगायतको उजुरी आयोगमा परेको सूचना अधिकारी रिजाल बताए । शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखनलगायतका उजुरी आयोगमा परेका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार