राष्ट्र बैंकको निर्देशनमार्फत् बैंकबाट ५० लाख सम्मको व्यक्तिगत कर्जा पाइने

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार  
  राष्ट्र बैंकको निर्देशनमार्फत् बैंकबाट ५० लाख सम्मको व्यक्तिगत कर्जा पाइने

काठमाडौँ । बैँक तथा वित्तिय संस्थाबाट ५० लाख रुपैयाँसम्मको  व्यक्तिगत कर्जा पाइने भएको छ ।  
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो ।

व्यवस्थाअनुसार ओभरड्राफ्टसहित जुनसुकै शीर्षकका व्यक्तिगत कर्जा प्रतिग्राहक ५० लाखसम्म मात्र पाइन्छ ।  जसमा निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, टर्म लोन तथा सेयर धितो कर्जालगायत हुन् ।

यसअघि ओभरड्राफ्टमा मात्र क्याप तोकिएको थियो । बैँक तथा वित्तिय संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न यस व्यवस्थाले बाधा पुर्‍याउने छैन ।

एकीकृत निर्देशिकाअनुसार सेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुगेको छ भने १ सय ८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइनेछ ।

व्यवस्थाअनुसार यदि कसैले ५० लाखभन्दा बढी कर्जा लिएको भए २०७९ असार मसान्तभित्र ५० लाखभित्र ल्याइसक्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार