सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा ९९ हजार ३ सय पुग्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार  
 सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा ९९ हजार ३ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महँगो मूल्य हो।

बिहीबार तोलाको ९९ हजार र बुधबार ९८ हजार ५०० मा कारोबार भएको थियो। चैत १० गते ७७ हजार रहेको सुनको मूल्य ११ गतेदेखि लकडाउन भएसँगै कारोबार बन्द गरिएको थियो।

त्यसको साढे दुई महिनापछि जेठ २५ गते महासंघले नयाँ मूल्य तोकेको थियो। त्यतिबेला ८७ हजार ४०० मूल्य कायम गरिएको थियो। त्यसयता लगातार सुनको मूल्य बढिरहेको छ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार