सुनको भाउमा नयाँ रेकर्ड कायम, प्रतितोला ९९ हजार पुग्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार  
 सुनको भाउमा नयाँ रेकर्ड कायम, प्रतितोला ९९ हजार पुग्यो

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम  राखेको छ ।  आज तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै महंगो हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार