चर्चा बटुल्दै मधु क्षेत्रीको तीज गीत ‘काइयो र ऐना’ (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १०, शनिबार  
चर्चा बटुल्दै मधु क्षेत्रीको तीज गीत ‘काइयो र ऐना’ (भिडियो सहित)

काठमाडौँ । गायिका मधु क्षेत्रीको तीज गीत ‘काइयो र ऐना’ ले यतिबेला बजारमा निकै चर्चा कमाएको छ ।

कोरोना भाइरसको कारण गीत संगीतको क्षेत्र नाजुक बनेको अवस्थामा पनि उक्त गीतले राम्रो स्थान पाएको छ । नेत्र अर्यालको शब्द  र कृष्ण भान्जाको संगीत संयोजन रहेको गीतलाई गायक खेम सेन्चुरी र मधु क्षेत्रीले आवाज भरेका छन् ।

तीजको मौलिकतालाई समेटेर तयार  पारेको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओवी रायमाझी, लोमस शमा र रुबिना अधिकारीको अभिनय  रहेको छ ।

नवराज उप्रेतीले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । एक दशक भन्दा बढी गीत संगीतको क्षेत्रमा बिताइसकेकी मधुको तीज गीतलाई दर्शक स्रोताले निकै मन पराएका छन् ।

एक हप्ता अघि मात्रै सार्वजनिक भएको गीतले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार