सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन १०, शनिबार  
सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा

काठमाडौँ । पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ नेताले संयुक्त राजीनामा दिएका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनामा दिएका हुन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । थापालाई पदाधिकारी दिने बताइएको छ ।
   

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार