४ लाख घुससहित दुई इन्जिनियर पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन ९, शुक्रबार  
४ लाख घुससहित दुई इन्जिनियर पक्राउ

काठमाडौँ । चार लाख घुससहित दुई इन्जिनियर पक्राउ  परेका छन् । राष्ट्रिय पुनस्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भइ मर्स्याङगी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इन्जिनियर टीकाप्रसाद गुरुङलाई ४ लाख घुससहित  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ  गरेको हो ।

दुवैजनाले ८ जना लाभग्राहीसँग भवन निर्माणको किस्तावापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा जनही ५० हजारका दरले घुस माग गरी ४ लाख लिएको भन्ने उजुरीका आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । 

पोखराबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले   बेसीसहर बजारबाट  बिहीबार नियन्त्रणमा लिएको हो। 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार