छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ  

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन ९, शुक्रबार  
छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ  

काठमाडौँ । कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।

जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । ‘बिहीबार राति नै आरोपीलाई पक्राउ गरेका हौँ’ उनले भने, ‘हामी अहिले अनुसन्धानमै छौँ ।’
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार