आगामी सेम्टेम्बर १९ देखि आईपीएल सुरु गर्ने तयारी

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन ९, शुक्रबार  
आगामी सेम्टेम्बर १९ देखि आईपीएल सुरु गर्ने तयारी

काठमाडौँ ।  ईन्डियन प्रिमियर लिग (आईपीएल) सेप्टेम्बर १९ बाट सुरु गर्ने तयारी भएको छ  । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको क्रिकेट लिग पुनः सञ्चालनमा आउन लागेको हो ।

यूएईमा हुने तय भएको प्रतियोगिता सेप्टेम्बरको तेस्रो साता सुरु गर्ने तयारी रहेको बताइएको छ ।आईपीएल सेटेम्बर १९ मा भएर नोभेम्बर आठमा फाईनल खेलाउने तयारी गरिएको हो ।

केही दिनमा हुने आईपीएलको गभर्निङ काउन्सिलको बैठकले यस मितिलाई पुष्टि गर्नेछ । आईपीएलको गभर्निङ काउन्सिलले आईपीएल युएईमा हुने निर्णय गरेको थियो । आईपीएलका फ्रेन्चाईज टिमलाई नयाँ मितिबारे जानकारी दिईएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार