उपत्यकामा पहिलो पटक विद्युतीय बस सेवा सुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २३, साेमबार  
उपत्यकामा पहिलो पटक  विद्युतीय बस सेवा सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बाट विद्युतीय बस सेवा सुरु भएको छ । निजि क्षेत्रको यातायात कम्पनी सुन्दर यातायातले सञ्चालनमा ल्याएको विद्युत बस  महेन्द्र पुलिस क्लबबाट उपप्रधानमन्त्री रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको उक्त बसमा स्मार्ट कार्ड लिएर सावर गर्ने यात्रुलाई २० प्रतिशत छुट दिने विद्युत बस सेवा कम्पनीले जनाएको छ । यो सँगै उपत्यकामा अन्य थुप्रै कम्पनीहरुले विद्युत बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

व्याट्रीबाट चल्ने बीएके कम्पनीका बसहरुले चक्रपथमा बस सेवा दिइरहेको छ । ४० सिट रहेको उक्त गाडीमा ४० जनाले बसेर यात्रा गर्न मिल्नेछ भने ३० जनाले उभिएर यात्रा गर्ने व्यवस्था मिलाइएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार