नादेज्दा कप महिला फुटबल,  नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले  पराजित

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २३, साेमबार  
नादेज्दा कप महिला फुटबल,  नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले  पराजित

काठमाडौँ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा  भएको महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले  पराजित भएको छ ।

आइतबार  सोही स्थानमा भएको खेलमा नेपनलले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । जीतसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ । त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ । 

नेपालले तेस्रो खेल अब मंगलबार ताजिकिस्तानसँग खेल्नेभएको छ । उज्वेकिस्तानले खेलको ३४ र ५१औँ मिनेटमा गोल गरेको थियो । नादेज्दा कपमा नेपालसँगै सहभागी भएको किर्गिस्तान उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् ।

लिग चरणको खेलसकेपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार