महानायक राजेश हमालको भाइ राकेशको निधन 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन ७, बुधबार  
महानायक राजेश हमालको भाइ राकेशको निधन 

काठमाडौँ । महानायक राजेश हमालका भाइको निधन भएको छ । उनको एक मात्र भाइ राकेश हमालको उपचारको क्रममा दिल्लीम निधन भएको हो ।

कलेजोमा समस्या देखिएपछि केही दिन अघि दिल्ली पुर्याइएका उनको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बताएको छ । राकेशका श्रीमती र दुई छोरा छोरी रहेका छन् ।

राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार